काठमाडौँ, १५ असोज । अवैध सुनसहित दुईजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अवैध सुन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्तबाट खटिएर गएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुन सहित दुई जनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी जिल्ला देवचुली नगरपालिका ११ का ४० वर्षका धुर्व बहादुर दलामी र जिल्ला बाग्लुङग जयमानी नगरपालिका २ घर भई काठमाण्डौ गोगंवु बस्ने वर्ष २५ का निर वहादुर परियारलाई सुन सहित पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले त्रिभुवन विमान स्थलवाट सुन पास भईसकेपछि उनीहरुको साथबट दुई्दुई वटा सुनको बाला १६ तोला १४ लाल अन्दाजी १२ लाख बरावरको काठमाण्डौको चावेहिलवाट सुन सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्