रुपन्देही, १५ असोज । रूपन्देहीको पश्चिम सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो ।
भवन अपांगमैत्री नभएको र कांग्रेसलाई बाइपास गरिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले बताउनुभयो । उहाँले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले भवन उद्घाटन वडा नं। ७ का वडाध्यक्ष डिलाराम बेल्वासले भने त्यसो नगरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्