समाचार

आगलागी हुँदा साढे ४ लाखको क्षति



कपिलवस्तु, १६ असोज । कपिलवस्तुमा आगलागी हुँदा करिब साढे ४ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आज विहान यसोधरा गाउँपालिका-८ शिवपुरमा ५८ वर्षीय नन्दलाल तेलीको गोठमा आगलागी हुँदा गोठ, गोठभित्र रहेको लु.१३ प १९४१ नम्बरको मोटरसाइकल तथा पानी तान्ने पम्पसेट पूर्णरुपमा जलेर क्षति हुँदा ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगो निभाउने क्रममा नन्दलाल तेली समान्य घाइते समेत भएका छन् । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीको कारण भने खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।