विश्व

पेरुको संसद् विघटन : निर्वाचनको आह्वान



एजेन्सी, १५ असोज । राजनीतिक संकट गहिरिएपछि पेरुको संसद बिघटन भएको छ ।

राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गर्नुभएको छ । त्यसअघि संसदले नैतिक अक्षमता रहेको भन्दै राष्ट्रपति भिजकारालाई हटाएर उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुख बनाउने घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गर्दै आउनुभएको थियो ।