काठमाडौँ, १८ असोज । बडादशैंको आज सातौं दिन फूलपाती, शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।
आज दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपातीका रुपमा भित्र्याइन्छ ।
परम्परा अनुसार गोरखा दरबारको दशैंघरबाट पठाइएको फूलपाती काठमाडौँ ल्याइन्छ । जमलमा ल्याई प्रोसेशन र हर्ष-बढाइँका साथ हनुमानढोका स्थित दशैँघरमा भित्र्याइन्छ । साही प्रचलन अनुसार आज पनि गोरखा दरबारको फूलपाती हनुमानढाका भित्र्याइँदैछ ।










प्रतिक्रिया दिनुहोस्