राजनीति

सिग्देल र भण्डारीको उपरथीमा बढुवा



काठमाडौँ, १९ असोज । नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निरीक्षणाधिकृतको कार्यालयका अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका गोकुल भण्डारीको उपरथीमा बढुवा गरेको थियो ।

शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।