विराटनगर, १९ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महन चाड विजया दशमी (दशैं)को शुभकामना व्यक्त गर्नुभएको छ ।
शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ, ‘सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गरोस् ।’










प्रतिक्रिया दिनुहोस्