राजनीति

प्रम ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैं टीका लगाइदिने कार्यतालिका सार्वजनिक



काठमाडौँ, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने कार्यक्रम तय गर्नुभएको छ । प्रधानमन्त्री ओलीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम तय भएको छ । यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम निर्धारण गरिएको छ । त्यसपछिका दिनमा टीका लगाइदिने वा नदिने भन्नेबारेमा भने कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।