राजनीति

सडक अनुगमनमा मन्त्री महासेठ



काठमाडौँ, २३ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोली काठमाडौँका विभिन्न सडक अनुगमनका लागि निस्कनुभएको छ ।

बुधबार मन्त्री महासेठ सहितिको टोलीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वतयारी स्वरुप काठमाडौँका विभिन्न स्थानमा भएको सडक मर्मत कार्यको अनुगमन गरेको हो । अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न जोड दिनुभएको छ ।