समाचार

युवा तथा विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण



भक्तपुर, २३ असोज । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ ।

क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे माध्यमिक विद्यालय र एफसी रियाले फुटबल क्लबलाई स्थलगत रुपमै भ्रमण गरी खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । जापानी लिगमा उरावा रेड डायमंण्डका नामबाट सहभागी हुँदै आएको जापानी क्लबले विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर २० थना फुटबल, १०० सेट जर्सी र १०० जोर फुटबल बुट प्रदान गरेको विद्यालयका शिक्षक निरञ्जन खड्काले बताउनुभयो । खड्काकाअनुसार जापानी क्लबले एफसी रियालेका सल्लाहकार हरिकृष्ण साहुखालको समन्वयमा खेलकुद सामाग्री प्रदान गरेको हो ।

हार्टफुल क्बलले बोडेकै एफसी रियालेलाई १०० थान फुटबल, १०० थान जर्सी र १०० सेट फुटबल बुट प्रदान गरेको हो । एफसी रियालेले बोडेका युवाहरुलाई निरन्तर तालिम सञ्चालन गर्दै आएको छ ।