स्याङ्जा, २३ असोज । हरिनास गाउँपालिकामा एक युवकको हत्या भएको छ ।
बुधबार राति हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै मृत्यु भएको बताइएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्