समाचार

आज नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धामा गर्दै



काठमाडौँ, २३ असोज । पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग पराजित भएको थियो । लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र दरल्याण्डलाई भने पराजित गरेको थियो । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।