काठमाडौँ, २४ असोज । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपाल र नेपाली जनताको लागि ऐतिहासिक र परिणामुखी हुने बताउनुभएको छ ।
सरकारका प्रवक्ता बाँस्कोटाले भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले बिहीबार बिहान पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरे पछि प्रधानमन्त्रीले गरेको छलफलमा पनि सबैले सीको भ्रमणलाई ऐतिहासिक बनाउन र दुई देशका नेताहरुबीच पूर्ण विश्वासको सम्बन्ध स्थापित गर्न सुझाव दिएको बताउनुभयो। सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यो भ्रमणलाई नेपाल सरकार र नेपाली जनताले भव्यतापूर्वक सफल र परिणाममुखी बनाउने आशा र विश्वास गरेका छन् । भ्रमणलाई पूर्ण सफल र ऐतिहासिक बनाउनुपर्छ भन्नेमा सिंगो राष्ट्र एकमत छ ।’










प्रतिक्रिया दिनुहोस्