समाचार

सात जना जुवाडे पक्राउ



सुनसरी, २४ असोज । सुनसरीमा सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति देवानगञ्ज गाउँपालिका–१ बाट स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले जुवाडेलाई पक्राउ गरेको र उनीहरूबाट रु ७४ हजार ७६० बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।