सिरहा, २४ असोज । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको अबस्थामा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र ९लाइसन्स० र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्