काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ । सी काठमाठौंमा उत्रेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ ।
सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । यो कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन् ।
राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा यही कार्यदललाई दिइएको हो । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्