समाचार

ब्राउन सुगरसहित एक युवती पक्राउ



काठमाडौँ, २५ असोज । धनगढीबाट ब्राउन सुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ  ।

त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।