Banner News

राष्ट्रपति सी आज नेपाल आउँदै, यस्ताे छ दुई दिनकाे कार्यतालिका



काठमाडौँ, २५ असोज । चिनिया राष्ट्रपति सी चिनफिङ आज नेपालको राजकीय भ्रमणमा आउँदै छन् ।

चीनकै विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आज शनिबार अपराह्नमा अवतरण गर्नेछन् ।

राष्ट्रपति सीको दुई दिनकाे कार्यतालिका

शनिबार

साँझ ५ः०० बजे–

भारतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानस्थलमा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
विश्रामका लागि सोल्टी होटल प्रस्थान

साँझ ६ बजे–

राष्ट्रपति भवन शीतलनिवास प्रस्थान

६ः३० बजे–

राष्ट्रपतिद्वयबीच भेटवार्ता
भेटपछि सोल्टी होटलमै फिर्ता

राति ७ः१५ बजे –

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे–

राष्ट्रपतिद्वारा आयोजित राजकीय भोजमा सहभागी
सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार बिहान ७ बजे–

सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने

८ बजेपछि ११ बजेसम्म

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल
छलफललगत्तै दुबै देशबीच सहमति-पत्रमा हस्ताक्षर तथा पत्रकार सम्मेलन

१२:३० देखि बजेसम्म

त्रिभुवन विमानस्थलबाट बेइजिङ फिर्ता