समाचार

रौतहटमा गोली हानी एक युवकको हत्या



रौतहट, २७ असोज । रौतहटमागोली हानी एक युवकको हत्या भएको छ ।

इशनाथ नगरपालिकामा भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार  इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको हो । मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन ।

भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । उक्त घटनाबारे  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।