काठमाडौँ, २९ असोज । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ ।
तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिले नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ ।
थपिएको दरबन्दीमा प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, २ हजार २१६ प्रहरी जवानलगायत छ । यसमा प्राविधिकतर्फ १२९ दरबन्दी थपिएको हो ।










प्रतिक्रिया दिनुहोस्