एजेन्सी, २९ असोज । बलिउड अभिनेता साहिद कपुर तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा काम गर्ने भएका छन ।
उक्त फिल्मका लागी उनले ३५ करोड बुझेको भारतीय मिडियाले दाबी गरेका छन् । उनले, चलचित्रको नाफा रकमबाट ३० प्रतिशत समेत लिनेछन् ।
गौतम तिन्नानुरीले निर्देशन गर्ने फिल्ममा क्रिकेट खेलसँग सम्बन्धित रहने छ जसमा साहिद क्रिकेट खेलाडी बन्नेछन् । एक क्रिकेट खेलाडीको संघर्ष र सफलताको कथालाई चलचित्रले प्रस्तुत गर्नेछ ।
तेलुगु चलचित्र ‘जर्सी’मा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका थियो । रिमेक चलचित्रमा भने नायिका फाइनल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्