विश्व

मेक्सिकोमा सुरक्षाकर्मी र अज्ञात हतियारधारीबीच गोली हानाहान, पन्ध्रको मृत्यु



एजेन्सी, ३० असोज । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मी र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा १५ जनाको मृत्यु  भएको छ ।

मङ्गलबार अपरान्ह ५ बजे मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा हुदा १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् ।

उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त गुुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिएका छन ।

तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् । उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।