काठमाडौँ, ३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन् ।
समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चित गर्नका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्