काठमाडौँ, ३ कार्तिक । मलेसियामा रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी (कान्छो)को गएको असोज २९ गते मृत्यु भएको आफन्त सुरेश ओलीले बताएका छन ।
उनको अनुसार दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो ।
केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया गएका थियो । उनको शव सोमबार नेपाल ल्याउने तयारी भइरहेको ओलीले बताएका छन ।










प्रतिक्रिया दिनुहोस्