एजेन्सी, ३ कार्तिक । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले उत्तरी सिरियाको सीमा क्षेत्रमा प्रस्तावित ‘सुरक्षित क्षेत्र’बाट कुर्द लडाकू हटेनन् भने तिनको ‘शिर कुल्चिने’ चेतावनी दिएका छन् ।
टर्की बिहीबार कुर्दविरुद्ध संचालन गरिरहेको आफ्नो सैन्य अभियान स्थगित गर्नेमा सहमत भएको थियो । यद्यपि, उक्त स्थगन पाँच दिनको लागि मात्र हो । टर्कीले कुर्द शक्तिलाई आतंकवादी मान्छ र ऊ सिरियाको सीमाभित्रसम्म ‘सुरक्षित क्षेत्र’ बनाउन चाहन्छ ।
यसैबीच, शनिबार दुवै पक्षले एक अर्कोलाई युद्ध–विराम उल्लङ्घनको आरोप लगाएका थिए । यो अस्थायी युद्धविरामका बावजुद सीमा शहर रास अल–अएनमा छिटपुट हिंसा जारी रह्यो ।
प्रतिक्रिया दिनुहोस्