काठमाडौँ, ४ कार्तिक । म्यानमारका स्टेट काउन्सिलर आङ सान सूकी ‘भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने भएकी छन ।
राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूकीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको छ ।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूकीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्षव्यक्त गरेकाले सरकारले त्यस भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जनाएको छ ।
सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, म्यानमारका स्टेट काउन्सिलर सूकीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ, ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’










प्रतिक्रिया दिनुहोस्