काठमाडौँ, ६ कार्तिक । चितवनको एक गाउँपालिकाले ‘एक फलफूलको बोट रु दशको नोट’कार्यक्रम ल्याइएको छ ।
इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो ।
किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न ‘एक फलफूलको बोट रु दशको नोट’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो ।
गाउँपालिकामा सुन्तला, कागती, नास्पातीलगायतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई एक लाख रुपैयाँ, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई ६० हजार रुपैयाँसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्