राजनीति

चुनावको मुखैमा कांग्रेसमा गयो पहिरो : दुई सयभन्दा बढी युवा नेकपामा प्रवेश



गोरखा, ८ कार्तिक । उपनिर्वाचनको संघारमा प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसलगायतका दलहरुबाट पार्टी परित्योग गरी आरूघाट गाउँपालिका(४, मान्बुमा दुईसयभन्दा बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

दशै तिहार छठको अवसरमा नेकपा मान्बुले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्नेहरूमा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घलेको छोराहरु राजु घले र रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी यूवाहरू कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुले देश विकास तथा युवाहरुको ढुकढुकीको रुपमा नेकपा रहेको र नेपाली जनताको विकास प्रतिको तिव्र चाहना पुरा गर्ने मुलुकको एउटामात्र पार्टी नेकपा भएकाले नेकपा नै रोजेको उल्लेख गरेका छन् ।

नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले नवप्रवेशीहरूलाइ पार्टी प्रवेश गराउँदै देशको विकास र समृद्धिमा नेकपालले लिएको बाटो तथा नेकपा नेतृत्वको सरकारले दिएको विकास र समृद्धिको पथमा आजकै दिनबाट अघि बढ्न नवप्रवेशीलाई आग्रह गर्नुभयो ।

प्रवक्ता श्रेष्ठ सहित गण्डकी प्रदेश भौतिक तथा पुर्वआधार मन्त्री तथा त्यस क्षेत्रका प्रदेश सांसद रामशरण बस्नेत, स्थानीय नेता कार्यकर्ता तथा जनताको उल्लेख्य उपस्थिति रहेको थियो ।