समाचार

बुधवार सार्वजनिक विदा



काठमाडौँ, ८ कार्तिक । सरकारले कात्तिक १३ गते बुधवार सार्वजनिक विदा दिएको छ ।

तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।