विश्व

लरीभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकका भएको पुष्टि



एजेन्सी, ८ कार्तिक । बेलायतको एसेक्स सहरमा लरीभित्र भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकका भएको अनुसन्धानले देखाएको छ ।

ती शवहरू चिनियाँ नागरिकका भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । ३९ मध्ये ३१ जना पुरूष र ८ जना महिलाको शव भएको एपीले जनाएको छ। ती मध्ये एक किशोरी पनि छिन् ।

बिहिबार उत्तरी आयरल्याण्डका अधिकारी र राष्ट्रिय अपराध एजेन्सीले तीनवटा घरमा रेड हानेका थिए । उनिहरूले कुनै समुह संलग्न हुन सक्ने आशंकामा खोजी गरेको बताएका छन् ।

उक्त लरीका चालक २५ वर्षका मो रोविनसनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।