समाचार

पूर्वप्रहरी महानिरीक्षक सिंहको निधन



काठमाडौैँ, ८ कार्तिक । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ ।

लामो समय अघिबाट बाथ र मुटु रोगबाट पीडित रहेका उहाँको गएराति ८८ वर्षको उमेरमा निधन भएको हो । सिंह केही दिन अघिबाट धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । सिंह २०४३ देखि २०४७ सम्म प्रहरी महानिरीक्षक रहनुभएको थियो ।