एजेन्सी, ९ कार्तिक । निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि जापानका नवनियुक्त व्यापारमन्त्री इसु सुगावाराले राजीनामा दिनुभएको छ ।
उहाँलाई टोकियोका आफ्ना मतदातालाई महँगो फलफूल र गंगटा उपहार दिएको आरोप लागेको छ । उहाँले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन अर्थात् १८५ डलर दिन खोजेको समाचार आएको छ ।
यो रकम ठूलो होइन । त्यसमा पनि जापानमा मृतकका परिवारलाई पैसा दिने प्रचलन छ । तर, जापानको निर्वाचन कानूनले राजनीतिज्ञहरूले मतदातालाई चन्दा दिन रोक लगाएको छ ।
साप्ताहिक पत्रिका शुकान बुन्सुनले निर्वाचन कानूनविपरीत मन्त्री सुगावाराका सहयोगीले एक मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको समाचार प्रकाशित गर्यो ।
प्रतिक्रिया दिनुहोस्