राजनीति

प्रधानमन्त्री ओलीद्वारा सुवेदीको निधन प्रति दुःख व्यक्त



काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा ९एमाले०का केन्द्रीय सदस्य सुवेदीको निधन प्रति दुःख व्यक्त गर्दै उहाँले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।