काठमाडौँ, ११ कार्तिक । नेपालीहरुको पर्व तिहार अर्थात यमपञ्चकको चौथो आज गोवद्र्धन पूजा गरि मनाइदैछ ।
आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।
द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।
यस्तै आजै महादेवको बहानका रुपमा रहेको गोरुको पूजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरु समुहमा जम्मा भएर देउँसी खेल्ने पराम्परा समेत छ ।










प्रतिक्रिया दिनुहोस्