इलाम, ११ कार्तिक । पूर्वप्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले छिमेकी राष्ट्रसँगको समन्वय र सहकार्य नै समृद्धिको आधार भएको बताउनुभएको छ ।
भ्रमण बर्ष २०२० को प्रचारका निम्ती संयुक्त अरव इमिरेटस र साउदी अरेबियाका राजदूतसहित सन्दकपुर पुग्नुभएको नेता खनालले भारतीय पक्षलाई सीमा क्षेत्रको ख्याल नहुँदा नेपाल तर्फ विकास निर्माण समेत अवरोध सृजना भएको बताउनुभयो ।
सीमा क्षेत्र रक्षाको निम्ती दृढतापुर्वक सिंगो देश लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल भारत सन्धिअनुसार पाएको भु–भागको रक्षाका निम्ती सवै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुयभो, ‘सीमा क्षेत्रको ख्याल नहुँदा विकास प्रक्रिया समेत रोकिएको छ । विकासका योजनाहरुका लागी मित्र राष्ट्र समेत सहभागी हुन सक्छ ।’
दुवै देशले सम्झौतालाई आधार मान्दै स्थायी सिमा निश्चित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सन १९५० को सन्धी अनुसार पाएको त्यो भुमी हाम्रो हो । त्यसका निम्ती सिंगो देश खडा हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्