राजनीति

थाल्यो हिमालय एयरलाइन्ले बेइजिङ उडान



काठमाडौँ, ११ कार्तिक । नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा उडान थालेको छ ।

काठमाडौँबाट आइतबार बिहान ९ बजे बेइजिङका लागि हिमालय एयरलाइन्सले उडान भरेको हो । हिमालय एयरलाइन्सका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो ।

विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।