कञ्चनपुर, १२ कार्तिक । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमवार बिहान फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली टोलमा को३३प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा नयाँ बजार बस्ने राजेश शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अन्दाजी २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । उनलाई उपचारका लागि स्थानीय पोलिक्लिनिक फत्तेपुरमा भर्ना गरिएको छ ।
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्