समाचार

माछा मार्ने क्रममा डुबेर एक युवक वेपत्ता



कैलाली, १२ कार्तिक । कैलालीमा एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् ।

टीकापुर नगरपालिका ९ पायल गाँउका २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरकले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित सात जना प्रहरीको टोलीले हुडकेको खोजी गरिरहेको छ ।

स्थानीयका अनुसार उक्त क्षेत्र गोहीको बासस्थान भएका कारण हुडकेलाई गोहीले तानेको आशंका गरिएको छ ।