भक्तपुर, १२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उहाँले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिनुभयो










प्रतिक्रिया दिनुहोस्