राजनीति

राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल सम्वत्’को शुभकामना



काठमाडौँ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११४० को अवसरमा शुभकमना ब्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रेस वक्तव्य जारी गर्दै स्वादेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतीको कामना गर्दै शुभकमना गर्नुभएको हो ।

उहाँले नेपालको मौलिक सम्वत्को रुपमा नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिनुभएको छ ।