समाचार

एक घरमा आगलागी : लाखौंको क्षती



सप्तरी, १३ कार्तिक । पटका पड्काउने क्रममा राजविराजमा मंगलबार एक घरमा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंहको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।