समाचार

मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु



मोरङ, १३ कार्तिक । सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २९ प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटर जुध्दा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–१२ का १८ वर्षीय एलिस भारतीका मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका एलिसको नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक सप्तरीको महुलीका निश्चल भारती, स्कुटरको पछाडि चढेका मोरङको उर्लाबारी नगरपालिका–४ की प्रमिला गिरी घाइते भएका छन् ।