समाचार

गौरमा गोली चल्यो



रौतहट, १४ कार्तिक । गौर नगरपालिका–३ मा गोली चलेको छ ।

बुधबार साँझ विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । गोली लागेर भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।