समाचार

आजदेखि छठ सुरु



काठमाडौँ, १४ कार्तिक । हिन्दुहरुको अर्को महान पर्व छठ आजदेखी सुरु भएको छ ।

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार ९आज० देखि सुरुहुँदैछ ।

मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

छठको पहिलो दिन ९चतुर्थी० व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन ९पञ्चमी० खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ ।