समाचार

एक हातले पासपोर्टमा छाप, अर्कोले १० हजार



काठमाडौँ, १४ कार्तिक । २०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन्  ।

विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् ।

सीसीटीभी फुटेजमा पराजुलीले आफ्नो डेस्कटप कम्प्युटरबाट नेटवर्किङको तार छुटाएको र खल्तीबाट दुइटा मोबाइल निकालेर अगाडिको टेबुलमा राखेको देखिन्छ ।

कामदारको पासपोर्टमा छाप लगाउँदा पराजुलीले ती कामदारको पासपोर्ट स्क्यान गर्दैनन् भने अन्य विवरणसमेत सफ्टवेयरमा इन्ट्री गर्दैनन् । हरेक नेपाली नागरिक विदेश भ्रमणमा जाँदा उसको विवरण अनिवार्य राख्नुपर्छ ।

प्रभुत्वराज र सम्पन्नतालगायतका नेपाली कामदार सिरिया हिँडेका थिए । उनीहरूको पासपोर्टमा कतारको भिजिट भिसा थियो भने अर्को पानामा सिरियाको भिसा थियो । नेपालले श्रम स्वीकृति नदिएको सिरियामा जान लागेका उनीहरूलाई अध्यागमन अधिकृतले रोक्नुपर्ने थियो तर उनीहरू सहजै कतार उडे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।