समाचार

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, नाैं घाइते



दोलखा, १४ कार्तिक । दोलखामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ  भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–२, को सोकलामा बा १४ च ७६७ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना हुदा भोजबहादुर ओलीकी ९ बर्षिय छोरी रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गम्भीर घाइते भएकी ओलीको प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको थियो । बोलेरो कच्ची सडकबाट करिब २५ फिट तल खसेको स्थानीयले बताएका छन् । घाइते हुनेहरुमा चालक भिमेश्वर नगरपालिका–२ का २५ बर्षिय मनु तामाङ, ३५ बर्षीय भोजबहादुर ओली, उनकी श्रीमती ३० बर्षीया दुर्गा ओली, उनका ५ बर्षीय छोरा रोहन ओली र भीमेश्वर नगरपालिका–२, तिखाताल बस्ने ३७ बर्षीय रञ्जनी तामाङ रहेका छन् ।

उनीहरूको चरिकोट अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।