एजेन्सी, १४ कार्तिक । जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबारमा आगलागीबाट ध्वस्त भएको छ ।
बिहीबार बिहान आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ । अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्