इश्लामावाद, १४ कार्तिक (बीबीसी) । पाकिस्तानको रेलवे तेज गाम एक्सप्रेसमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।
आज तेज ग्राम एक्सप्रेस कराँचीबाट रावलपिन्डी तर्फ जाँदै गरेको समयमा लियाकतपुरमा तीन वटा बोगियोमा आगो लागेको थियो । जिल्लाका डीपीओ अमीर तैमुर खानले जनाए अनुसार ४६ जनाको मृत्यु भएको पुष्टी भएको छ भने ४२ जना घाइते भएका छन् । घाइतेलाई मुल्तानस्थित बर्न सेन्टरमा लगिएको छ । बताइएअनुसार ग्यास सिलिण्डर पड्किँदा सो आगलागी भएको हो ।
प्रतिक्रिया दिनुहोस्