काठमाडौँ, १५कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ ।
ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा. पाण्डेले पत्रकार सम्मेलन गरी आजै उहालाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिनुभयो । चिकित्सकले डिस्चार्ज दिएपछि उहा केहीबेरमा ग्राण्डी अस्पतालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ ।
काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनभएका प्रधानमन्त्री ओलीको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाउँदै डिस्चार्ज दिएको हो ।










प्रतिक्रिया दिनुहोस्