काठमाडौँ, १५ कार्तिक । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दुई जना महिला र एक जना पुरुष रहेको र दुर्घटनाबारे थप विवरण आउने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
शंकरापुर नगरपालिका ४ को लप्सीफेदी नजिक बस दुर्घटना हुँदा अन्य २५ जना घाइते भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्